‘जय श्री दाम’सहित तीन फिल्म रिलिज



रंगखबर, काठमाडौँ – यो साता नेपाली हलमा तीन फिल्मको प्रदर्शन सुरु भएको छ । नेपाली ‘जय श्रीदाम’, ‘जे सुकै होस्’ र हलिउडको ‘बम्बलबी’ यो साताका फ्रेस रिलिज हुन् । तर, यी सबै फिल्मलाई बलिउडको ‘सिम्बा’ले ओभरटेक गरेको छ ।

गत साता रिलिज भएको ‘सिम्बा’ हल र शोज संख्यामा अहिले पनि पहिलो नम्बरमा छ । सिंगल तर्फ दोस्रो स्थानमा रहेको ‘जय श्री दाम’ मल्टीप्लेक्सको चौथों स्थानमा छ । दुइ साता अगाडी रिलिज हलिउडको ‘अक्वामान’ मल्टीप्लेक्सको तेस्रो स्थानमा छ ।

त्यस्तै ‘बम्बलबी’ मल्टीप्लेक्समा पावरफुल देखिएको छ । प्राप्त शोजमा उसको बुकिङ राम्रो छ ।

विप्लप उप्रेती निर्देशित ‘जय श्री दाम’ले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो । जेविका कार्की, विनोद न्यौपाने, अमृत ढुंगाना, राजन खतिवडा अभिनित फिल्म पैसाको आवश्यकता, आर्जन र परिपूर्ति वरिपरि घुम्छ ।

फिल्ममा बिप्लप/अमरदीप सापकोटाको पटकथा, मित्र डी गुरुङको सम्पादन, रविन आचार्यको डिओपी, नवराज उप्रेतीको छायाँकन र सुशान्त गौतमको संगीत छ ।

‘जे सुकै होस्’ कुनै प्रचार-प्रसार बिना प्रदर्शनमा आएको फिल्म हो । भद्दा ट्रेलरले फिल्मको हाइप घटाएको छ । त्यसैले फिल्मलाई पहिलो विकेन्ड पार गर्न गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्