जाडोलाई थ्रेट सुष्मा र सोनीकाको जवानी (भिडियो)



रंगखबर, काठमाडौँ – सुष्मा कार्की र सोनीका रोकाय फिचर्ड गीत ‘तिमि जस्ती राम्री’ सार्वजनिक भएको छ । शोभित बस्नेत निर्देशित गीतमा सुष्मा र सोनीका निक्कै बोल्ड अवतारमा प्रस्तुत भएका छन् ।

भिडियोमा सोनीकाको बोल्डनेसको अगाडी सुष्मा फिक्का देखिएकी छन् । सुरेश राई संगीतवद्द गीतमा उजन नेम्वाङको स्वर, नवाज अन्सारीको र्याप, फराज अर्पणको छायाँकन, समीर मियाको सम्पादन छ ।

एबी पिक्चर्स फार्मद्वारा सार्वजनिक गीतका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् । गीतमा युकिसन चन्द्र गुरुङको मेकअप छ ।

प्रतिक्रिया दिनुहोस्