चोपेन्द्रको बारेमा वार्तालाप गर्दै स्वस्तिमा र रनकला (भिडियो)



रंगखबर, काठमाडौँ – फागुन ३ मा रिलिज हुने फिल्म ‘बुलबुल’ले पनि प्रचारको नयाँ तरिका अपनाएको छ । रिलिजको तीन महिना अगाडी नै ‘बुलबुल’ प्रचारमा उत्रिसकेको छ । सार्वजनिक भएका दुई टिजर र एक गीतले दर्शकलाई फिल्मसँग नजिक बनाएका छन् ।

टिमले नयाँ तरिका अनुरुप मुख्य कलाकार स्वस्तिमा खड्कालाई लिएर एक प्रचारको अन्तर्वार्ता तयार गरेको छ । जुन, फिल्मको टिजर भन्दा कम छैन । ‘स्वस्तिमा भर्सेस रनकला’ नाम दिइएको उक्त भिडियो अन्तर्वार्तामा स्वस्तिमाले दोहोरो भूमिका निर्वाह गरेकी छन् ।

जहाँ, स्वस्तिमा होस्ट बनेकी छन् । भने, रनकला गेस्ट । उनि फिल्म ‘बुलबुल’को प्रचारको लागि आएकी छन् । उनले अन्तर्वार्तामा गरेको अभिनयले मन जित्छ । उनि रनकलानै लाग्छिन ।

बिनोद पौडेल निर्देशित फिल्ममा स्वस्तिमा टेम्पो चालकको भूमिकामा छिन् । उनको अपोजिटमा मुकुन छन् । फिल्ममा जोएस पाण्डे, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्जल अधिकारी एलिना कार्कीलगायतले पनि अभिनय गरेका छन् ।

अविरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डे निर्मित फिल्ममा सुशन प्रजापतिको छायाँकन, कोशिस क्षेत्रीको संगीत र अनिमेष सापकोटाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्