पलको ‘हृदय भरी’मा श्रद्धा



रंगखबर, काठमाडौँ – निर्देशक सुरज सुब्बा नाल्बोले फिल्म ‘हृदय भरी’ घोषणा गरेका छन् । युवापुस्ताको प्रेम कथामा बन्ने फिल्ममा पल शाह र डेब्यु गर्ल श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहनेछ ।

भारतको कोलकत्तामा बस्ने श्रद्धा मोडलिङमा व्यस्त छिन् । सानैदेखि अभिनय गर्न सोखिन श्रद्धाले ‘हृदय भरी’ टिमसँग काम गर्न पाएकोमा भाग्यशाली महसुस गरेको बताइन । फिल्ममा पल र श्रद्धासँगै निर शाह, सुनिल थापा, सलोन बस्नेत, अनुराग कुँवर, आकाश बाबु, निर्मल शर्मा, हटीनटी अनुपम श्रेष्ठ, रेखा लिम्बु, कविता रेग्मी लगायतले अभिनय गर्नेछन् ।

फागुनबाट फ्लोरमा जाने फिल्मलाई मानकृष्ण महर्जनले खिच्नेछन् । फिल्ममा अर्जुन पोखरेल/हरि लम्साल/दीपक शर्माको संगीत, केदार भुसालको लेखन, बिपिन मल्लको सम्पादन, र कविराज गहतराज/प्रविन सिंहक्जो कोरियोग्राफी रहनेछ ।

चन्दन शाह प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता निकेश लिम्बु र दीपेन्द्र राई  हुन् ।

प्रतिक्रिया दिनुहोस्