प्रेम, मित्रता र बदलाको कथामा ‘रणवीर’को ट्रेलर



रंगखबर, काठमाडौँ- एक्सन, लभस्टोरी फिल्म ‘रणवीर’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले सो प्रचार सामग्री छोडेको हो । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु सुशील सिटौला र प्रशान्त ताम्राकारको द्वन्द र टकराव देखाइएको छ भने लिड अभिनेत्रीहरु सुवेक्षा खड्का र सुपुस्पा भट्ट पनि अटाएका छन । यस अघि नै टिजर र पोस्टरहरु सार्वजनिक भै सकेको फिल्म अहिले प्रतिक्षित बनिरहेको छ ।

शिर्ष भूमिका निर्वाह गर्न सुशीलले ६ महिना ‘बडी मेन्टेन’मा मेहनत गरे पश्चात मात्र  सुशील ‘रणवीर’मा परिवर्तन भएको निर्माण पक्षले बताएको छ । ‘रणवीर’बाट सुवेक्षा र सुपुस्पाले डेब्यु गर्दैछन् । फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडीलगायतका कलाकारको पनि अभिनय गरेका छन्।

प्रेम, मित्रता र बदला बदलाको कथालाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा पटकथा, संवाद र कथा पनि निर्देशक स्वयम्कै रहेको छ । गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले फिल्म निर्माणमा महँगो रकम खर्चिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्