चर्चामा ‘आरुसी’ हिरो इशक



रंगखबर, काठमाडौँ- फिल्म आरुसी ‘ प्रदर्शन नहुदै निकै चर्चामा आएका नायक हुन इशक राई। यति बेला उनि सोहि फिल्मकोअर्को नयाँ गीतको शुटिङ्ग गर्नको लागी ऑस्ट्रेलिया उड्न लागेका छन । ‘आरुसी’बाट सिल्भर स्क्रिनमा देखा पर्न लागेका  नव नायक इशक राई यति बेला चलचित्र छेत्रमा सबैको नजरमा छन् । उनलाई सम्भावना बोकेका हिरोको रुपमा पनि हेर्न थलिएको छ ।  झट्ट हेर्दा कोरियन लुक्स र निकै चकलेटी अनुहार भएका नायक इशक राई सोहि कारणले गर्दा पनि सबैको नजरमा परेका छन ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा उदय सुब्बाको निर्देश तथा साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानी रहेको छ भने नृत्य निर्देशक दिनेश पाख्रिन र कमल राई रहेको छ । उक्त यस फिल्मलाई झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र संखुवासभालगायत पुर्वको विभिन्न स्थानमा छायांकन गरिएको छ । फिल्म ‘आरुसी’मा इशकसँगै रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्