तीन खानसँगको तुलना जरुरत छैन – रणवीर सिंह



रंगखबर, काठमाडौँ – अभिनेताको हकमा बलिउडको समय अहिले रणवीरको पक्षमा ढल्दैछ । दाम्पत्य जीवन, कामको तारिफ र बक्सअफिसको लगातार सफलताले उनि बलिउडमा सर्वाधिक चम्किरहेका छन् ।

गत वर्षको कुरा गर्दा उनले सलमान खान, शाहरुख खान र आमिर खानजस्ता अभिनेतालाई उछिने । कतिले अहिले रणवीरको तुलना तीन खानसँग गरिरहेका छन् । यस विषयमा तुलना हुनुलाई रणवीर के भन्छन त ?

उनले एक अन्तर्वार्ताका क्रममा तीन खानसँग आफ्नो तुलना जरुरत नरहेको बताएका छन् । ‘म कुनै प्रतिस्पर्धामा विश्वास राख्दिन, हामी सबै कलाकार हौँ । कोहि राम्रो नराम्रो भन्ने हुँदैन । यदि कसैले मेरो भूमिकाको बारेमा तुलना गर्छ भने मेरो अर्कै अभिव्यक्ति हुने थियो । मेरो सफलताले म खुसि छु । दर्शकलाई मनोरंजन दिने मेरो कर्तव्य हो । र आफ्नो कामबाट खुसि छु ।’ उनले भनेका छन् ।

रणवीर अभिनित ‘गली व्वाय’को ट्रेलर र गीत पनि सार्वजनिक भैसकेका छन् । र उनले अत्याधिक माया बटुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्