गुण्डा नाइके दीपक मनाङ्गे फिल्म निर्माणमा, निर्देशकमा शिशिर राणा



रंगखबर, काठमाडौँ – राजीव गुरुङ (दीपक मनाङ्गे) फिल्म निर्माणमा होमिने भएका छन् । उनि प्रख्यात गुण्डा नाइकेसमेत हुन् ।

अनटाइटल प्रोजेक्टलाई ‘तिमि सँग’ फ्रेम्ड निर्देशक शिशिर राणाले निर्देशन गर्नेछन् । बुधबार मनाङ्गेसहित अन्य निर्माताले निर्देशकको रुपमा शिशिरलाई फिल्म साइन गराए ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन । भने, कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन् । यी दुई निर्माताले ‘बिरंगना’ र ‘डोली’ नामक फिल्म निर्माण गरिसकेका छन् ।

कलाकार तय भैनसकेको फिल्मले विवाह पछिको दम्पतिको प्रेमकथा भन्छ । निर्देशकले यसलाई ‘सोसल ड्रामा’ भनेका छन् । फिल्मको प्रि-प्रोडक्सन भित्र १ गीत रेकर्ड भैसकेको छ । भने, स्क्रिप्ट पनि लगभग अन्तिम चरणमा छ । ‘अब कलाकार चयनको काम चलिरहेको छ । विवाह पछाडीको प्रेम भएकाले फिल्ममा अलि पाको उमेरको कलाकार खोजिरहेका छौँ ।’ निर्देशक राणाले भने ।

चैत अन्तिम तिरबाट छायाँकन जाने लक्ष्य लिएको फिल्मको बाँकी टिम प्रेसमिट गरेर सार्वजनिक गरिने राणाले बताए ।

प्रतिक्रिया दिनुहोस्