विक्कीको ‘उरी’ले पहिलो सातामै दियो मनग्य नाफा



रंगखबर, काठमाडौँ – आलिया भट्टसँगको ‘राजी’ पश्चात बलिउड अभिनेता विक्की कौशलको करिअर चम्किएको छ । सहायक भूमिका भएपनि ‘राजी’बाट विक्कीले दर्शकको मन जितेका थिए । फिल्म विक्कीको सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म समेत बन्यो ।

त्यस्तै ‘सन्जु’मा कमलीको भूमिका निर्वाह गरेपनि अझ चर्चामा रहे विक्की । अहिले उनि अभिनित ‘उरी-द सर्जिकल स्ट्राइक’प्रदर्शन भैरहेको छ । फिल्मले पहिलो साताको प्रदर्शन पार गर्दा उल्लेख्य आम्दानि गर्न सफल भएको छ । ‘उरी’ २०१९ को पहिलो सुपरहिट फिल्म बन्नेमा कुनै सन्देह छैन ।

 

एक सातामा फिल्मले घरेलु बक्सअफिसमा ७०.९४ करोड कमाएको छ । रफ्तारमा कुनै कमि नआए फिल्मले दोस्रो साता मै सय करोड क्लबमा इन्ट्री मार्नेछ । आदित्य धर निर्देशित फिल्म ४२ करोडको बजेटमा निर्माण भएको हो । यसअर्थमा लगानी करिब १०० प्रतिशत नाफा फिल्मको पहिलो सातामै कमाएको छ ।

 

कन्टेन्ट बेस फिल्मको तुलना गर्दा गत वर्षका सुपरहिट फिल्म ‘राजी’, ‘सोनु के टिटु के स्विटी’, ‘स्त्री’ र ‘बधाई हो’ जस्ता फिल्मलाई ‘उरी’ले पहिलो साताको कमाईमा उछिनेको छ । यी फिल्मले पहिलो साता क्रमस।।। ५६.५९ करोड, ४५.९४ करोड, ६०.३९ करोड, ६६.१० करोड कमाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्