विवाह पछि किन घर ज्वाई बने रणवीर ?



रंगखबर, काठमाडौँ – गत नोभेम्बरमा विवाह गरेको रणवीर सिंह र दीपिका पादुकोणको जोडी अहिले काममा लागिसकेको छ । ‘सिम्बा’ ठुलो सफलता पश्चात रणवीर ‘गली व्वाय’को प्रमोसनमा व्यस्त छन् । भने, दीपिका एसिड अट्याक महिला लक्ष्मी अग्रवालको वायोपिक ‘छपाक’मा देखिदै छिन् ।

विवाह गरेको लामो समय बित्दा पनि विवाह र वैवाहिक जीवनका खबरहरु मिडियामा छाइरहेका छन् । पछिल्लो खबर अनुसार विवाह पछि रणवीर, दीपिकाको घरमा बस्दै आइरहेका छन् । यसअर्थमा भारतीय मिडियाले रणवीरलाई घर ज्वाईको संज्ञा दिएका छन् ।

रणवीर आखिर किन घर ज्वाई बन्न तयार भए त ? एक अन्तर्वार्तामा सोधिएको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिए । उनि दीपिकालाई औधि प्रेम गर्छन । त्यसैले दीपिकालाई माइतीघरबाट टाढा छुट्याउन मन लागेन । ‘दीपिकाले माइतीमै धेरै समय बिताएकी छन् । उनि त्यहि सहज हुन्छिन् । विहे गरे पछि श्रीमानको घर जानै पर्छ भन्ने मान्यता राख्दिन म । उसको सहजता खोज्नु मेरो कर्तव्य हो ।’ उनले अगाडी भनेका छन् ‘उनि जहिले मेरो पहिलो प्रथामिकतामा रहने छिन् ।’

विवाह पछाडी दीपिकाको घरमा सिफ्ट भएपनि अब छिट्टै दुवै जनालाई नयाँ घर किन्दैछन् । जो इच्छ्या पनि दीपिकाको हो ।

प्रतिक्रिया दिनुहोस्