मल्टीस्टारर ‘टोटल धमाल’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – बलिउडको लोकप्रिय कमेडी सिरिजको तेस्रो इन्स्टलमेन्ट ‘टोटल धमाल’को ट्रेलर रिलिज भएको छ । मल्टीस्टारर फिल्मको ट्रेलरमा अघिल्ला सृंखलाका भन्दा थुप्रै कमेडी सिक्वेन्स प्रयोग गरिएको छ ।

ट्रेलर हेर्दा फिल्म बिग बजेटमा निर्माण भएको अनुमान लगाउन सकिन्छ । लुकाइएको पैसा पाउन गरिने मेहनतलाई फिल्मले कमेडी ढंगबाट प्रस्तुत गर्छ । पहिलो सृंखला ‘धमाल’मा लुकाइएको पैसा १० करोड थियो । ‘टोटल धमाल’सम्म आउँदा त्यसको आकार ५० करोडमा पुगेको छ । उसो ‘धमाल’मा लुकाइएको पैसाको बारे जानकारी दिने बृद्ध कार दुर्घटनामा मरेका थिए भने यसपटक प्लेन क्र्यासमा परेका छन् ।

इन्द्र कुमार निर्देशित फिल्ममा अजय देवगण, रितेश देशमुख, अर्षद वार्सी, जावेद जाफ्रे, अनिल कपूर, माधुरी दिक्षित, इशा गुप्ता, बोमन इरानी, संजय मिश्र जोनी लिवर, राजपाल यादवलगायतका कलाकारको अभिनय छ । फिल्ममा आमिर खानको केमियो र सोनाक्षी सिन्हाको स्पेसल भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्