प्रियंकाले हेपेरै रिजेक्ट गरेको ‘सालको पात टपरी’



रंगखबर, काठमाडौँ – चर्चित लोकप्रिय गीत ‘सालको पात टपरी’ सुन्नु नै भएको होला । वर्षकै सर्वाधिक लोकप्रिय यो गीतले युट्युबमा २ करोड ४० लाख बढी भ्युज बटुलिसकेको छ । सम्भवत: लोकदोहोरीमा यतिको रुचाइएको पहिलो गीत हुनु पर्दछ ।

यहि गीतको अत्याधिक सफलताले गायिका विष्णु माझीलाई दर्शकले पुन: खोजी गरे । उनको गुमनाम जीवनका बारेमा मिडियामा समाचार प्रकाशित पनि भए । गीतको भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा र अभिनेत्री मरिश्का पोखरेल कम्मर मर्काएका थिए ।

लगातार अभिनित फिल्म फ्लप हुँदा मरिश्कालाई यहि गीतले नसोचेको सफलता दिलायो । अब मरिश्कालाई चिन्ने दर्शकको कमि छैन । 

‘सालको पात टपरी’को विषयमा रहेर गायक विश्वकर्माले कास्टिङका बारेमा केहि तथ्य बाहिर लाएका छन् । मरिश्का गीतको भिडियोमा भित्रिनु अघि थुप्रै नेपाली अभिनेत्रीलाई यो गीतको अफर गरिएको थियो । 

पहिलो अफर स्वरुप शुष्मा कार्कीलाई अफर गरिएको खबरहरु बाहिरिए पनि यस विषयमा गायक विश्वकर्माले थाहा नभएको बताएका छन् । शुक्रबारलाई दिएको अन्तर्वार्तामा उनले बरु प्रियंका कार्कीलाई अफर गरिएको बताएका छन् ।

‘मलाई जानकारी भएसम्म सुष्मा कार्कीलाई अफर गरिएको होइन । बरु प्रियंका कार्कीलाई भने अफर गरिएको हो । उहाँले एक हप्तासम्म ‘पख्नुस्, पख्नुस्’ भन्दै गीत होल्ड गर्नुभएछ । अनि, अन्तिममा आएर ‘मलाई गीत मन परेन’ भन्ने जवाफ दिनुभएछ ।’ 

उनले अगाडी थपेका छन् ‘हुन त उहाँले हेपेरै रिजेक्ट गरेको भन्ने कुरा आ’को थियो । तैपनि म यस्तो कुरा मिडियामा ल्याउन चाहन्नँ, त्यसैले नल्याएको हो । अरु वर्षा राउत, वर्षा शिवाकोटीहरुलाई पनि अफर गरेको थियो रे !’

नेपाली अभिनेत्रीले फिल्ममा समावेश लोकगीतमा अभिनय गर्न हिकिच्याउदैनन तर बाहिरको लोकगीतलाई हेप्ने चलन रहेको उनले बताएका छन् । 

‘मैले र विष्णु माझीले गाउने हो भने त्यो लोक भइदिन्छ तर फिल्ममा राखेको भएर सायद प्रियंकाजीहरुलाई त्यो अर्कै लाग्छ । अनि हामीले मरिष्का पोखरेललाई राखेका हौँ । उहाँ एकदमै ट्यालेन्ट र शालिन कलाकार लाग्यो । के काम गर्ने, के काम नगर्ने त्यो छान्ने अधिकार सबैलाई हुन्छ । यो दोहोरी भनेर हेप्ने मानसिकता फिल्मका कलाकारले हटाइदिए हुन्थ्यो । अहिले फिल्ममा चम्किनुभएका राजनराज शिवाकोटी मेरो साथी हो । उहाँले बनाएका गीतहरु ती सब दोहोरी गीत होइनन् ? उहाँ दोहोरी बनाउँदाबनाउँदा हार खाएर त्यता जानुभएको हो । उहाँका थुप्रै गीत विष्णु माझी र राजु परियारले गाउनुभाको छ । त्यसैले म अनुरोध गर्छु, ‘आफू फिल्मका कलाकार भएँ भन्दैमा अरुसँग हात मिलाउन पनि गाह्रो मान्नु भएन । यो प्रवृत्ति ठीक होइन ।’ आखिर विदेश जाँदा धेरै फिल्मका कलाकार लास्टाँमा दर्शक र आयोजकको मागअनुसार नाच्ने त दोहोरी गीतमै हो । तर दुःख त कतिखेर लाग्छ भने उहाँहरु एयरपोर्ट पुगेपछि फेरि हाम्लाई चिन्नुहुन्न ।’

Picture: Google

प्रतिक्रिया दिनुहोस्