रंगखबर, काठमाडौँ – मंगलबार साँझदेखि बदलिएको मौसमका कारण काठमाडौँ उपत्यका वरिपरिका डाँडाहरुमा हिमपात भएको छ । काठमाडौँको चन्द्रागिरी र ललितपुरको फुलचोकी डाँडा हिउँले सेताम्य भएका छन् ।
यी क्षेत्रमा हिउँका पारखीहरु बुधबार दिउँसो भरि हिउँको मज्जा लिए । बिहान अबेरसम्म परेको पानिले यी क्षेत्रमा दिउँसो मात्र स्थानीय पर्यटकको घुइँचो लाग्यो । ३ बजेसम्म चन्द्रागिरिको केबुलकार चढ्नेको लर्को लामै थियो ।
तस्विर: प्रकाश/आशिष