चलचित्र पत्रकार संघद्वारा ‘शुभ लभ’ र ‘क्युज हल’ बहिष्कार गर्ने चेतावनी



रंगखबर, काठमाडौँ – फिल्म पत्रकार समीर बलामी माथि क्युज हलका कर्मचारीले गरेको दुर्व्यबहारप्रति चलचित्र पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । बुधबार दिउँसो ४ बजे फिल्म ‘शुभ लभ’को पत्रकार सम्हेलनमा समाचार संकलन गर्न पुगेका बलामी माथि क्युज हलका कर्मचारीले हातपात गरेका थिए ।

हलका कर्मचारीले समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार र हातपात गर्नु समाचार सम्प्रेषणमा अवरोध साथै प्रेस स्वतन्त्रतामाथि ठाडो हस्पक्षेप भएको संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । बलामी संघका सचिवसमेत हुन् ।

महासचिव अनिल यादवले जारि गरिएको विज्ञप्तिमा भनिएको छ ‘शुभ लभ’ फिल्मले आयोजना गरेको प्रेसमिटमा समाचार संकलानार्थ पुगेका पत्रकार माथि दुर्व्यवहार हुँदा संघका सचिव बलामीले प्रतिवाद गरेका थिए । यस्तो ज्यादती हुँदासम्म कार्यक्रम आयोजक र सिनेमा हल मौन रहनु र गम्भीर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ ।

यसअर्थ क्युज सिनेमा हल र फिल्म ‘शुभ लभ’ युनिटले अब उप्रान्त गर्ने प्रेसमिटहरुमा पत्रकारहरुको सुरक्षा प्रत्याभूतिको ग्यारेन्टी गर्ने गरि दुवै पक्षबाट आधिकारिक धारणा नआउँदासम्म यस संघसंग आवद्द सम्पूर्ण चलचित्र पत्रकारहरु सहभागी हुन् नसक्ने चितावानी दिन चाहन्छौँ ।’

यहि विषयमा फिल्मसँग सम्वन्धित व्यक्ति र क्युज हलले पनि घटनाप्रति गम्भीर खेद प्रकट गर्दै सामाजिक संजाल मार्फत क्षमा मागेका छन् । क्युज हलले जारि गरेको विज्ञप्तिमा बाह्य स्रोतबाट आएका कर्मचारीबाट अप्रिय घटना घटेको र यसप्रति दु:ख व्यक्त गर्दै क्षमा याचना मागेको छ ।

प्रतिक्रिया दिनुहोस्