बोल मायाकि अन्जलीको अर्को दमदार गीत सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ- नेपाली मौलिकपना बोकेको गीत ‘बोल माया’ले २०१८ भरी तहल्का मच्चायो । यो गीतको भिडियोमा फिचर थिए गायक प्रकास सपुत र मोडल अञ्जली अधिकारी । ‘बोल माया’को सफलतापछि यो जोडीको व्यस्तता यति बढ्यो कि लेखि साध्य छैन भन्दा फरक नपर्ला । त्यसपश्चात विभिन्न समयमा विभिन्न गीतमा सँगसँगै देखिएका प्रकाश र अञ्जली पुनः एक पटक एकसाथ आएका छन् । गायक गोविन्द तिमिल्सिनाको पछिल्लो गीत ‘काभ्रे घुम्न आऊ’ बोलको गीतमा प्रकाश र अञ्जलीलाई एकसाथ कम्मर मर्काउँदै गरेको देख्न सकिन्छ । गीतको भिडियोलाई स्मृति तिमिल्सिनाले ‘गुरुआमा’ले निर्देशन गरेकी छिन् भने स्वर गोविन्दसँगै टिका पुन को छ । शब्द एरेन्ज विष्णु तामाङले गरेको छन् भने गितको संगीत भीमसेन खतिवडाले गरेका छन । गीतको सम्पुर्ण छायाँकन काभ्रेमै गरिएको छ । रविन बजगाइँले क्यामेरा चलाएका छन् । प्रकाश धमलाको सम्पादन रहेको गीतको भिडियो एलआरएस म्युजिक एण्ड फिल्मस् को तर्फबाट बजारमा आएको हो । गायक गोविन्दको पछिल्लो रिलिज गीत ‘ज्यान भुतुक्कै’ले राम्रो चर्चा कमाएको थियो ।

भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस्