रंगखबर, काठमाडौँ – ‘जोनी जेन्टलम्यान’ निर्देशकको दोस्रो फिल्म ‘गीत गजल’ भारतको गोवामा छायाँकनरत छ । अर्जुन पोखरेलको शब्द/संगीतमा तयार गीत ‘छ की छैन थाहा’ त्यहाँको रमणीय ठाउँमा कैद गरिदैछ ।
![](https://www.rangakhabar.com/wp-content/uploads/2019/01/nepali-film-geet-gajal-ranga-khabar.jpg)
सुरेश लामा र अन्जु पन्तले स्वर दिएको गीतमा रुप पोखरेल र आरोही सिंह फिचरिङ छन् । गीत छायाँकनका केहि तस्विरमा रुप र आरोही रोमान्टिक देखिएका छन् । भिडियोमा निर्देशक स्वयम्ले कोरियोग्राफी भरेका छन् ।
![](https://i1.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/01/nepali-film-geet-gajal-ranga-khabar-4.jpg?fit=1024%2C518)
आरोहण क्षेत्रीले निर्माण गरेको फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतिक, आज्ञा करनजित, सान्त्वना भट्टराई, भीमा मैनाली, नारायण पाण्डेका साथै बालकलाकार योगिसा खत्री र सेजल खानको पनि अभिनय छ ।
![](https://i1.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/01/nepali-film-geet-gajal-ranga-khabar-3.jpg?fit=1024%2C542)
अस्मित पोखरेलको कथा, पटकथा र संवाद रहेको फिल्ममा बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत र अर्जुन जिसीको सम्पादन छ ।
![](https://www.rangakhabar.com/wp-content/uploads/2019/01/nepali-film-geet-gajal-ranga-khabar-2.jpg)