कंगनाको स्टारडमले ‘मणिकर्णिका’को सुखद सुरुवात



रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनाउत आफ्नै दममा फिल्म हिट बनाउने हैसियत राख्छिन । महिला प्रधान फिल्ममा बढी देखिने कंगनाको ‘मणिकर्णिका: द क्विन अफ झाँसी’ प्रदर्शनरत छ ।

प्रदर्शनको तीन दिनमा फिल्म राम्रो व्यापार गर्न सफल भएको छ । यसलाई कंगनाको स्टारडम भनिएको छ । पहिलो दिन मध्यम कमाई गरेको फिल्मले घरेलु बक्सअफिसबाट ८.७५ करोड बटुलेको थियो । भारतीय स्वतन्त्रता दिवसका दिन १८.१० करोड कमाई गरेको फिल्मले आइतबारको विदामा १५.७० करोड कमायो ।

१ सय २५ करोडको भारी बजेटमा निर्मित फिल्मले तीन दिनमा ४२.५५ करोड कमाई गरिसकेको छ । दिन प्रतिदिनको बढ्दो कलेक्सनलाई बलिउडले सुखद मानेको छ । तर, बक्सअफिसमै हिट बन्नलाई ‘मणिकर्णिका’ले लामो रेस तय गर्नुपर्नेछ । फिल्मलाई समिक्षकले ठिकठाक भनेका छन् । भने, दर्शक प्रतिक्रिया उत्कृष्ट छ ।

कृष र कंगना निर्देशित फिल्म रानी लक्ष्मीबाइको जीवनीमा आधारित छ । फिल्ममा अतुल कुलकर्नी, जिस्सु सेनगुप्ता, डेनी डेनजोंग्पा, अंकिता लोखंडेलगायतका कलाकारको अभिनय छ ।

Photo: Google

प्रतिक्रिया दिनुहोस्