सुशील र सुबेक्षा ‘मायामा’



रंगखबर, काठमाडौँ – फिल्म ‘रणवीर’को रोमान्टिक नम्बर ‘माया मा…’ सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द/संगीतमा मुख्य कलाकार सुशील सिटौला र सुबेक्षा खड्काको प्रेम वर्णन गरिएको छ ।

पोखरा आसपासका रमणीय दृश्य पर्दापण गरिएको गीतमा गम्भीर विष्टले कोरियोग्राफी भरेका छन् । गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

माघ १८ गते रिलिज हुने रोमान्टिक एक्सन जनरालाई गोविन्द सिंह भण्डारीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा सुशील र सुबेक्षासँगै प्रशान्त ताम्राकार, सुपुस्पा भट्ट, टिका पहारी, नरेश पौडेल, भोलाराज सापकोटा, रवि गिरी, शैलेश्वरी सिंहलगायतको अभिनय छ ।

प्रेम, मित्रता र बदलाको कथामा निर्देशक भण्डारीकै कथा/पटकथा/संवाद, महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, र रामजी लामिछाने/गम्भीर विष्ट/सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

प्राची फिल्मस् र डिआर फिल्मस्को व्यानरमा गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले ‘रणवीर’ निर्माण गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्