‘कागजपत्र’का पात्र प्रेम पिडामा



रंगखबर, काठमाडौँ – अपिल बिष्ट निर्देशित फिल्म ‘कागजपत्र’को पहिलो गीत ‘माया संसार’ सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द/स्वर सजित गीतमा मुख्य कलाकार नाजिर हुसेन र शिल्पा मास्केका साथै भोलाराज सापकोटा र सरिता गिरीको प्रेम पिडा प्रस्तुत गरिएको छ ।

चैत ८ गते प्रदर्शन हुने ‘कागजपत्र’मा लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी बर्देवा, अर्जेश रेग्मी पनि अभिनय गरेका छन् ।

फिल्ममा बसन्त सापकोटा/हर्कुलस बस्नेत/संगीत सापकोटाको संगीत, कास्मिर किक्सनको डिओपी, निमेष श्रेष्ठको सम्पादन र निर्देशक स्वयम्को लेखन छ । निर्देशकको पछिल्लो रिलिज ‘झुम्की’ थियो ।

प्रतिक्रिया दिनुहोस्