‘क्याप्टेन’ ट्रेलर: कार धुनेदेखि फुटबल खेलाडीसम्म अनमोल



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ट्रेलर रिलिज भएको छ । दिवाकर भट्टराई निर्देशित फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा प्रस्तुत भएका छन् ।

अन्तरराष्ट्रिय स्तरको खेल खेलेर देशलाई गोल्ड मेडल जिताउन संघर्षरत गाउँले युवकको कथा फिल्मले प्रस्तुत गरेको । फिल्ममा अनमोल इशानको भूमिकामा छन् । उनले संघर्षका दिनमा कार धुने, सिमेन्ट बोक्ने र घर रंग्याउनेसम्मका काम गरेका छन् ।

अनमोल फुटबल खेलाडीको भूमिकामा हुँदा प्रशान्त ताम्रकार उनको प्रशिक्षकको भूमिकामा छन् । महाशिवरात्रीको अवसर पारी फागुन १७ गते रिलिज हुने फिल्ममा सरोज खनाल, सुनिल थापा, विल्सनबिक्रम राई, राजाराम पौडेल, बुद्दी तामाङ पनि अभिनय छ । यहि फिल्मबाट उपासना सिंह ठकुरी र प्रियंका एमभीले अभिनय यात्रा थालनी गर्दैछन् ।

कार्यकारी निर्माता जिया केसी रहेको फिल्मका निर्माता भुवन केसी हुन् । फिल्म निर्देशक भट्टराईको लेखन, दिर्घराज खड्काको सम्पादन, अर्जुन पोखरेलको संगीत, सामिप्यराज तिमिल्सिनाको कथा र सुदिप बरालको डिओपी छ ।

प्रतिक्रिया दिनुहोस्