‘क्याप्टेन’ मार्फत अनमोलले तोडे आफ्नै रेकर्ड



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ले रिलिज अगावै रेकर्ड तोड्न सफल भएको छ । शुक्रबार रिलिज भएको फिल्मको ट्रेलरले युट्युबमा २४ घण्टा भित्र सर्वाधिक भ्युजको रेकर्ड आफ्नो पक्षमा पार्न सफल भएको हो ।

ट्रेलरलाई एक दिनको सेरोफेरोमा ८ लाख १० बढी पटक हेरिएको छ । यो नेपाली फिल्मी ट्रेलरले पहिलो २४ घण्टामा पाएको उच्च भ्युज हो । यो रेकर्ड गत वर्ष प्रदर्शित ‘कृ’को नाममा थियो । अनमोल स्टारर ‘कृ’ले १ वर्ष अगाडी ६ लाख ३३ हजार भ्युज बटुलेको थियो ।

रोचक कुरा त के छ भने यतिका भ्युजको वावजुत ‘क्याप्टेन’ ट्रेलर युट्युबको ट्रेन्डिङमा उक्लिन सकेको छैन । रिलिज भएको २७ घण्टासम्म ट्रेलर ९ लाख बढी भ्युज पाइसकेको छ । युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको ट्रेलरलाई ४४ हजार लाइक र साढे ३ हजार डिसलाइक दिइएको छ ।

दिवाकर भट्टराई निर्देशित फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा छन् । अनमोलको खेलाडी भूमिकाकै कारण ‘क्याप्टेन’ दर्शक माँझ प्रतिक्षित छ ।

अनमोल फुटबल खेलाडीको भूमिकामा हुँदा प्रशान्त ताम्रकार उनको प्रशिक्षकको भूमिकामा छन् । महाशिवरात्रीको अवसर पारी फागुन १७ गते रिलिज हुने फिल्ममा सरोज खनाल, सुनिल थापा, विल्सनबिक्रम राई, राजाराम पौडेल, बुद्दी तामाङ पनि अभिनय छ । यहि फिल्मबाट उपासना सिंह ठकुरी र प्रियंका एमभीले अभिनय यात्रा थालनी गर्दैछन् ।

कार्यकारी निर्माता जिया केसी रहेको फिल्मका निर्माता भुवन केसी हुन् । फिल्म निर्देशक भट्टराईको लेखन, दिर्घराज खड्काको सम्पादन, अर्जुन पोखरेलको संगीत, सामिप्यराज तिमिल्सिनाको कथा र सुदिप बरालको डिओपी छ ।

प्रतिक्रिया दिनुहोस्