‘रणवीर’ मेकिङ र सुशीलको एक्सनको प्रशंसा



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ले अहिले चर्चामा छ । कारण, हो फिल्मको लोभलाग्दो मेकिङ शैली । गोमा विष्ट थापा र दीपेन्द्र रेग्मी निर्मित फिल्मले एक्सन जनरामा आफ्नो छाप छोडेको छ ।

गोविन्द सिंह भण्डारी निर्देशित फिल्मले दक्षिण भारतीय प्रस्तुतिलाई आत्मसाथ गरेको छ । त्यसैले दक्षिण भारतीय फिल्म मन पराउने दर्शकलाई बाँधिराख्छ । फिल्म विशेषत मेकिङ, ब्याकग्राउण्ड म्युजिक र छायाँकनमा अब्बल छ । बदलाको कथा बोल्ने फिल्ममा सुशील सिटौलाले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

सुशीलकै वरिपरि घुम्ने फिल्मबाट उनले अहिले तारिफ बटुलिरहेका छन् । उनको अभिनय ठिक-ठाक रहेपनि एक्सन दृश्यमा जोडदार काम गरेका छन् । त्यस्तै डेब्यु कलाकार सुबेक्षा खड्का र सुपुस्पा भट्टले राम्रो काम पस्किएका छन् । भने ‘ऐश्वर्य’ डेब्यु अभिनेता प्रशान्त ताम्राकार नेगेटिभ अवतारमा प्रफेक्ट देखिएका छन् ।

फिल्ममा  टिका पहारी, नरेश पौडेल, रवी गिरी, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतका कलाकारको अभिनय छ । 

फिल्मको सकारात्मक ‘वर्ड अफ माउथ’ले आगामी दिनमा व्यापार बढ्न सक्ने अनुमान गरिएको छ । विकेन्ड अगाडीको प्रिमियर र स्पेशल शोमा समेत फिल्मलाई सबैले राम्रो बोलेका थिए । फिल्मको पहिलो विकेन्डको व्यापारिक आँकडा भने सार्वजनिक भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्