एउटै फ्रेममा भुवन, निरुता र अनमोल



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’का लागि अभिनेत्री निरुता सिंहले कम्मर मर्काएकी छन् । लोक फ्लेवर’को ‘कर्ली कर्ली’ बोलको गीतमा उनलाई अभिनेता भुवन केसी र अनमोलले साथ दिएका छन् । यी तीन कलाकारले पहिलो पटक स्क्रिन साझेदारी गर्दा गीत प्रतिक्षित बनेको छ ।

ललितपुरको एक पार्टी प्यालेसमा छायाँकनरत गीतमा रेनशा वान्तवा राईले स्टेप्स सिकाइरहेकी छन् । ‘मिठो गीतलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी छाडेका छैनौँ ।’ फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा छन् । खेल जितेपछि इशान नामक पात्रले खुसियाली मनाउँदाको सिक्वेन्समा यो गीत समावेश गरिएको बताइएको छ ।

एसडी योगीको शब्द, संगीत र स्वर सजित गीतको भिडियोलाई भव्य सेटमा खिचिएको छ । उनलाई स्वरमा मेलिना राईले साथ दिएकी छन् । 

फागुन १७ मा रिलिज हुने फिल्मको ट्रेलरले प्रदर्शन पुर्व रेकर्ड बनाइसकेको छ । ट्रेलरले बनाएको हाइपले गर्दा बक्सअफिसमा पनि रेकर्ड रकहने अनुमान गरिएको छ । 

दिवाकर भट्टराई निर्देशित फिल्ममा अनमोलका अलावा उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् ।


प्रतिक्रिया दिनुहोस्