‘पुरानो बुलेट’मा बिन्दास अनुपबिक्रम



रंगखबर, काठमाडौँ – अनुपबिक्रम शाही स्टारर फिल्म ‘पुरानो बुलेट’का तीन पोस्टर सार्वजनिक गरिएको छ । भिषण राई निर्देशित फिल्मको पोस्टरमा अनुपबिक्रमसँगै वर्षा सिवाकोटी र माला लिम्बुलाई पनि प्रस्तुत गरिएको छ ।

पोस्टरमा अनुपको बिन्दास अवतार प्रस्तुत गरिएको छ । भने, वर्षा साधारण पहिरनमा देखिएकी छन् । त्यस्तै मालालाई बोल्ड अवतारमा देख्न सकिन्छ । फिल्मको चरित्र अनुरुपनै कलाकारलाई पोस्टरमा फिट गरिएको निर्देशकले बताएका छन् ।

फ्यामिली ड्रामाले पूर्वी नेपालको टिपिकल कथा भन्छ । चैत १ गते रिलिज हुने फिल्मलाई फेब्रुअरी २३ मा हङकङ प्रिमियर गरिदैछ । सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्ममा अशोककुमार राई, दीपेन्द्र लिम्बु, विरेन सम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्