‘समर लभ’लाई मल्टीप्लेक्समा २७.६४ प्रतिशत स्थान



रंगखबर, काठमाडौँ – यो शुक्रबार अर्थात माघ २५ मा रिलिज हुने फिल्म ‘समर लभ’का लागि मल्टीप्लेक्समा अग्रिम बुकिङ खुला गरिएको छ । देशभरका मल्टीप्लेक्सले नेपाली सोलो रिलिज ‘समर लभ’ र बलिउडको ‘अमावस’को लागि अग्रिम शोज छुट्ट्याएका छन् ।

सिंगल रिलिज ‘समर लभ’को प्रतिस्पर्धि कमजोर हुँदा पनि मल्टीप्लेक्समा यसले उल्लेख्य शोज पाउन सकेको छैन । यो साताका लागि क्युएफएक्स, बिग मुभिज, एफक्युब, सिडिसी, क्युज र बिएसआरले देशभर जम्मा १ सय २३ शोज तयार गरेका छन् । जसमध्ये प्रदर्शनरत फिल्मलाई ६३ र नयाँ रिलिजलाई ६० शोज छुट्टयाइएको छ ।

समर लभलाई कति ?

मुस्कान ढकाल निर्देशित ‘समर लभ’लाई क्युएफएक्सले ८ स्टेशनमा जम्मा १९ शोज दिएको छ । जसमध्ये राजधानीको दर्शक चाप रहने सिभिल मलमा १ शो मात्र दिएको छ । भने, जयनेपालमा १ शो पनि छैन । त्यस्तै चितवनको जलमामा सर्वाधिक ५ शोज दिएको छ । जसमध्ये एक शो ‘सोल्डआउट’ पनि भैसकेको छ ।

त्यस्तै बिएसआर मुभिजले ४, बिग मुभिज/सिडिसी/क्युजले समान ३/३ र एफक्युबले  २ शोज दिएका छन् । यसअर्थमा सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्मले मल्टीप्लेक्समा २७.६४ प्रतिशत स्थान पाएको छ । जम्मा ३४ शोज पाएको फिल्मले ३५ देखि ४० प्रतिशतको बीचमा शोज दिइएको भए सुखद मान्न सकिन्थ्यो । 

अघिल्ला साताका फिल्मले त्यति दर्शक तान्न सकेका छैनन् । तर, ति फिल्मलाई मात्र ५१.२१ प्रतिशत अर्थात ६३ शोज छुट्याइएको छ । 

प्रतिस्पर्धि ‘अमावस’लाई कति ?

बलिउडको हरर फ्लिक ‘अमावस’लाई सबै मल्टीप्लेक्सले २६ शोज दिएका छन् । कमजोर हाइपका विच रिलिज भएको फिल्मको शोज सुखद मान्न सकिन्छ । २१.१३ प्रतिशत स्थान पाएको फिल्मलाई १५ प्रतिशतसम्म शोज ठिक-ठाक रहने थियो । कमजोर पब्लिसिटीका कारण कम चर्चामा रहेको फिल्मको समिक्षा झुर आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्