‘सम्हालिन्छ कहिले मन’मा पूजा र सोनमको पहिलो सर्ट



रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्मा र नव-नायक सोनम तोप्देनको पहिलो सर्टसँगै फिल्म ‘सम्हालिन्छ कहिले मन’को छायाँकन सुरु भएको छ । 

५० दिने सेड्युलसहित इंग्ल्याण्ड पुगेको टिमले राजधानी लण्डनमा फिल्मको शुभ-मुर्हत गर्यो । त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । लण्डन, स्कटल्याण्ड र वेल्समा छायाँकन हुने फिल्मको मुख्य कलाकारमा आकाश श्रेष्ठ पनि छन् ।

उनका अलावा फिल्ममा सरोज खनाल, गौरी मल्ल र धिरेन शाक्यको पनि अभिनय रहनेछ । विदेश छायांकन पश्चात फिल्मलाई मुस्ताङमा खिचिनेछ । 

अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको फिल्ममा अमित बस्नेतको लगानी रहनेछ । फिल्ममा सौरभ लामाको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा, अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहनेछ । 


प्रतिक्रिया दिनुहोस्