अनमोललाई हेर्न भरिभराउ खजुरा महोत्सब



रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसी, भुवन केसी र निरुता सिंह फिल्म ‘क्याप्टेन’को प्रचारप्रसारका लागि पश्चिम पुगेका छन् । प्रदेश नम्बर ५ को नेपालगंजस्थित खजुरामा आयोजित महोत्सबमा अनमोलले दर्शक तताएका छन् ।

अनमोलको उपस्थितिसँगै प्रथम प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सब भव्य भएको थियो । अनमोल आउने खबरले हजारौँ दर्शक महोत्सबमा पुगेका थिए । नेपाल प्रहरी, सशत्र प्रहरी र सेक्युरिटी गार्डसहित अनमोल स्टेज चढ्दा दर्शकमाँझ खुसि छाएको थियो ।

केहि समय खजुरा महोत्सब गर्माएका अनमोलले आफ्नो नयाँ फिल्म फागुन १७ मा रिलिज हुने जानकारी दिए । उनले फिल्मको रोमान्टिक नम्बर ‘रहर छ सँगै’मा केहि स्टेप गरेर देखाउँदा संवाद मार्फत दर्शकलाई भरपुर मनोरंजन दिए ।

सोमबार भुवन केसी र निरुता सिंहको महोत्सबमा प्रस्तुति रहनेछ । दिवाकर भट्टराई निर्देशित ‘क्याप्टेन’ दर्शक माँझ प्रतिक्षित छ । फिल्ममा अनमोलले पहिलो पटक फुटबल खेलाडीको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा प्रशान्त ताम्राकार, सरोज खनाल, सुनिल थापा, विल्सनबिक्रम राई, राजाराम पौडेल, बुद्दी तामाङ पनि अभिनय छ । यहि फिल्मबाट उपासना सिंह ठकुरी र प्रियंका एमभीले अभिनय यात्रा थालनी गर्दैछन् ।

कार्यकारी निर्माता जिया केसी रहेको फिल्मका निर्माता भुवन केसी हुन् । फिल्म निर्देशक भट्टराईको लेखन, दिर्घराज खड्काको सम्पादन, अर्जुन पोखरेलको संगीत, सामिप्यराज तिमिल्सिनाको कथा र सुदिप बरालको डिओपी छ ।

प्रतिक्रिया दिनुहोस्