रंगखबर, काठमाडौँ – विगत ७ वर्षदेखि सार्वजनिक प्रेममा रहेका कलाकार वर्षा राउत र सन्जोग कोइराला भ्यालेन्टाइन डेमा वैवाहिक जीवनमा जाँदैछन् । यहिँ पुर्वसन्ध्यामा सोमबार दुवैले परिवार साँची राखेर इन्गेजमेन्ट गरेका छन् ।
![](https://i2.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/02/barsha-raut-and-sanjog-koirala-ranga-khabar-2.jpg?fit=512%2C768)
सन्जोगले फेसबुक मार्फत फोटो पोस्ट गर्दै ‘हरेक कहानी सुन्दर हुन्छन, तर मलाई मेरै प्यारो’ क्याप्सन लेखेका छन् । उनले ह्यासट्याग गर्दै संयुक्त नाम ‘#सन्सा’ दिएका छन् ।
![](https://i1.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/02/barsha-raut-and-sanjog-koirala-ranga-khabar-3.jpg?fit=507%2C768)
नेपाली फिल्म क्षेत्रको लोकप्रिय जोडीमा गनिने ‘सन्सा’ले भ्यालेन्टाइनमा विवाह फिक्स गरेका छन् । इन्गेजमेन्ट पश्चात सामाजिक संजालमा फिल्मकर्मी र शुभचिन्तकको बधाईको ओइरो लागेको छ ।
![](https://i2.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/02/barsha-raut-and-sanjog-koirala-ranga-khabar-4.jpg?fit=512%2C768)