२० दिनमै खिचियो ‘घर’



रंगखबर, काठमाडौँ – हरर फिल्म ‘घर’को छायाँकन जम्मा २० दिन मै पुरा भएको छ । अर्पण थापा निर्देशित फिल्ममा सुरक्षा पन्त, वेनिशा हमाल र निर्देशक स्वयम् कै मुख्य भूमिका छ ।

निर्देशक दीपेन्द्र के खनालसहित शर्मिला पाण्डेको लगानीमा निर्मित फिल्मलाई निरज कँडेलले खिचेका हुन् । निर्मात्री पाण्डेले छिट्टै छायाँकन सकिनुको कारण टिमको लगाव भनेकी छन् । ‘दिनरात नभनी टिमले काम गरेका कारण छायाँकन छिट्टै सिद्धिएको हो । उनले भनिन् ।

भिएफएक्समा राम्रै समय खर्चिने फिल्मको रिलिज डेट छिट्टै नै तय हुने बताइएको छ । फिल्ममा वेनिशाको नयाँ अवतार देख्न सकिन्छ । खैरो कपालमा देखिएकी उनले भूमिकाको बारेमा खुलाएकी छैनन् । अर्पण र सुरक्षामा भने पति-पत्नीको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्