‘मारुनी’को शुभ-मुर्हत सम्पन्न



रंगखबर, काठमाडौँ- केहि समय अघि ग्रान्ड अनाउन्समेन्ट गरिएको फिल्म ‘मारुनी’को शुभ साईत सम्पन्न गरिएको छ । शुक्रबार कमलादी गणेश मान्दिरमा फिल्मका  टिमले गणेशको पुजा गर्दै मुर्हत संम्पन्न गरेका थिए । नवल नेपालको निर्देशनमा बन्ने फिल्मले  आगामी वर्षको तीज बिदा खानेछ । निर्देशक नेपालले भदौ १३ मा कन्फर्म फिल्म रिलिज हुने जानकारी दिए ।

तस्बिर : मेनु

फागुन १३ गतेबाट  फ्लोरमा जाने ‘मारुनी’को अहिले प्रि-प्रोडक्सनको काम भैरहेको छ । ५० दिनको सेड्युल रहेको फिल्मलाई संजय लामाले खिच्नेछन् । गोविन्द फुयाँल र निर्देशक नेपालले लेखेको फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी राणा र रेविका गुरुङको मुख्य भूमिका रहनेछ । त्रिकोणात्मक प्रेमकथा रहने फिल्म यी तीनै कलाकारको वरिपरि घुम्नेछ । फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइसायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारीलगायतका कलाकारले पनि अभिनय गर्नेछन् ।

फिल्मलाई पूनम गौतम, अजय पोखरेल र राजा प्रधानले निर्माण गर्दैछन । फिल्मको लाइन प्रोड्युसरमा हरि सिलवाल छन् ।

प्रतिक्रिया दिनुहोस्