प्रियंका र आयुषमानको ‘प्रेम दिवस’



रंगखबर, काठमाडौँ- योगेश घिमिरे निर्देशित फिल्म ‘प्रेम दिवस’का फर्स्टलूक पोस्टर सार्वजनिक गरिएका छन् । प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएका पोस्टरमा मुख्य कलाकार प्रियंका कार्की, आयुषमान देशराज जोशी र विशाल खरेल प्रस्तुत छन् ।

प्रियंका दुवै हिरोको अंगालोमा छिन । त्यसैले फिल्म त्रिकोणात्मक प्रेमकथा बुझ्न सकिन्छ । उसो शिर्षकको तल राखीएको उप-शिर्षक ‘ए ईश्वरीय प्रेमकथा’ले फिल्मप्रति उत्सुकता जगाउँछ । 

म्युजिकल लभस्टोरी भनिएको ‘प्रेम दिवस’ आगामी वर्षको जेठ ३ गते रिलिज हुँदैछ । फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारको अभिनय छ ।

विशाल खरेलले यहि फिल्मबाट नेपाली रजतपटमा पाइला टेक्दैछन् । संजय न्यौपाने निर्माता रहेको फिल्मका सह-निर्मातामा रमेश चौधरी र उत्सव ढकाल छन् ।

प्रतिक्रिया दिनुहोस्