‘दर्पण छायाँ’को बाँकी कथामा नीरुता, दीलिप र उत्तम



रंगखबर, काठमाडौँ – करिब १९ वर्ष अगाडी प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ले अहिले पनि दर्शक मानसपलटमा ताजै छ ।

तुलसी घिमिरे निर्देशित फिल्ममा नीरुता सिंह, दीलिप रायमाझी र उत्तम प्रधानले मुख्य भूमिका निर्वाह गरेका थिए । अहिले पनि यी तीन कलाकारको सिङ्गो नाम स्वरुप ‘दर्पण छायाँ’ स्मरण हुन्छ । केहि वर्ष अगाडी निर्देशक घिमिरेले यसकै नाममा ‘दर्पण छायाँ २’ निर्माण गरे । तर, फिल्म चलेन ।

अब भने यसको सिक्वेल बन्ने भएको छ । अभिनेत्री सिंहले एक अन्तर्वार्तामा ‘दर्पण छायाँ’ पछाडीको कथा उत्तम प्रधानले लेखिरहेको बताएकी छन् । फिल्ममा आफुसँगै दीलिप र उत्तमको मुख्य भूमिका पनि रहने नीरुताले जानकारी दिएकी छन् । जहाँबाट ‘दर्पण छायाँ’ सकिएको थियो, त्यहिबाट यसको सिक्वेलको कथा भनिने उनले बताएकी छन् ।

लामो ब्रेक पश्चात नीरुताले नेपाली रजतपटमा कमब्याक गरिसकेकी छन् । भने दीलिप र उत्तम कमब्याकको योजनामा छन् । उस्तो त केहि वर्ष अगाडी उत्तमले कमब्याक स्वरुप अभिनय गरेको फिल्म ‘लेटर’ बक्सअफिसमा पूर्ण असफल भएको थियो ।

नीरुताको ‘दाल भात तरकारी’ प्रदर्शनको तयारीमा छ । भने, अतिथि नृत्य पस्केको फिल्म ‘क्याप्टेन’ फागुन १७ मा रिलिज हुँदैछ ।

https://youtu.be/FP_LZNNaDDI

प्रतिक्रिया दिनुहोस्