केकी र आर्जनको नयाँ गीत, चर्चामा प्रेम जोडी !



रंगखबर, काठमाडौँ – गायक आर्जन पाण्डेले नयाँ गीत ‘झिमिक्कै परेली’ सार्वजनिक गरेका छन् । ८ महिना अगाडीको हिट गीत ‘रेलिमाई’को सिक्वेलस्वरुप तयार गरिएको गीतले प्रेम भन्छ ।

केकी अधिकारी र गायक स्वयम् फिचरिङ गीतको भिडियोलाई निर्देशक बिशाल भण्डारीले कमेडीमा प्रस्तुत गरेका छन् । रोहिया महर्जनले कोरियोग्राफी भरेको गीतमा प्रतिक पौडेलको संगीत, रिकेश गुरुङको संगीत संयोजन, प्रविन श्रेष्ठको सम्पादन र अर्जुन तिवारी (टिम)को छायाँकन छ । भने, स्वरमा गायक पाण्डेलाई मेलिना राईले साथ दिएकी छन् ।

भिडियोमा गायक पाण्डेले केकीसँग जोडी बाँधेपछि यी दुईको प्रेमले पुन: चर्चा पाएको छ । केहि समय अगाडी केकी र आर्जन प्रेममा रहेको खबरले मिडिया तातेका थिए । उस्तो त आर्जनका गीतमा केकीले अभिनय गरेको यो नै पहिलो पटक होइन ।

यसअघिका आधा दर्जनजति गीतमा केकी नै थिइन् । प्रेम चर्चा पश्चात पुन: एकै गीतमा  फिचर हुँदा अनुमान गर्न बल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्