जान्नुस ‘जानी नजानी’का कलाकार



रंगखबर, काठमाडौँ – मनिष श्रेष्ठ (देव), नम्रता श्रेष्ठ (मीरा), सन्नी सिंह (चिराग) र निरिशा बस्नेत (वर्षा) चैत १ गते लभस्टोरी लिएर दर्शक माँझ आउँदैछन् । यी चारको प्रेमकथा प्रस्तुत गर्ने फिल्म ‘जानी नजानी’लाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् ।

रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको । जसमा मुख्य कलाकार मनिष, नम्रता, सन्नी र निरिशालाई दर्शकले क्यारेक्टर नाममा चिन्न पाउने छन् । क्रमस… देव आवारा छन् । भने, मीरा फेसन डिजाइनर स्ट्रगलर हुन् । त्यस्तै चिरागको उधेश्य प्राप्तिको लागि मात्र सोच्छन । वर्षामा भने आफ्नो क्रममा तल्लिन छिन् ।

पोस्टरको क्यारेक्टर नामसँग नेपाली ढाकाको कपडा पनि जोडिएको छ । क्यारेक्टर अनुसार ढाका जोडिएकाले नै पोस्टरमा यसलाई समावेश गरेको निर्देशक अधिकारीले बताएका छन् ।

युवापुस्ताको प्रेमसँगै दायित्वलाई पनि आत्मसाथ गरेको फिल्मलाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । सामिप्यले लभस्टोरीमा ‘ए मेरो हजुर २’ र ‘नाई नभन्नु ल ५’ जस्ता सफल फिल्म लेखिसकेका छन् । 

नेपालसँगै भारतको पर्यटकीय नगरी मनालीमा छायाँकन गरिएको फिल्मलाई रोशनी केसीले निर्माण गरेकी हुन् । उनले निर्माण गरेको ‘डा. खाते’ विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा स्क्रिनिङ समेत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्