सारा र सुशान्तको प्रेमलाई लिएर खुसि छैनन् करीना



रंगखबर, काठमाडौँ – डेब्यु फिल्म ‘केदारनाथ’ गरेपछि सारा अलि खान को-स्टार सुशान्त सिंह राजपुतसँगको प्रेम सम्बन्धछिन् । आधिकारिक रुपमा दुवै अहिलेसम्म नबोलेपनि भारतीय मिडियामा यो जोडीलाई लिएर अनेक खबर बाहिरिरहेका छन् ।

यी दुई प्रेममा रहेको खबर साराको जन्मदिनमा लिक भएको थियो । व्यस्त सेड्युलका कारण पनि आधिरातमा सुशान्त केक लिएर सारालाई शुभकामना दिन पुगेका थिए । उसो त करण जोहरको शोमा साराले ‘सोनु की टिटु की स्विटी’ फ्रेम्ड एक्टर कार्तिक आर्यनसँग डेट जाने चाहना रहेको बताएकी थिइन् ।

सुशान्त र साराको प्रेम प्रसंगलाई लिएर अभिनेत्री करीना कपूर खान त्यति खुसि छैनन् । एक अन्तर्वार्तामा क्रममा को-स्टारसँग अहिले नै प्रेममा रहनु राम्रो कुरा नरहेको करीनाले बताएकी छन् । उनि छिट्टै नै सारालाई भेटेर यस विषयमा कुरा गर्नेवाली छन् । 

उनले अन्तर्वार्तामा सारा अहिले नै कसैको प्रेममा पर्नु भनेको करिअरलाई धोका दिनु सरह रहेको बताएकी थिइन् । स्मरण रहोस ‘केदारनाथ’ रिलिज हुँदा ताका करीनाले सारालाई एक सक्षम र करिअर फोकस्ड अभिनेत्रीको रुपमा लिएकी थिइन् । ‘केदारनाथ’ पश्चात ‘सिम्बा’मा पनि अभिनय गरिसकेकी सारा अहिले काम भन्दा बढी प्रेमका कारण चर्चामा आउन थालेकी छन् ।

सन् २०१२ मा साराको पिता सैफअलि खानसँग विवाह गरेकी करिनाले सारालाई आफ्नो साथि सरह सम्झिन्छिन । उनले भविश्यमा कहिले पनि सारालाई छोरीको नजरले नहेर्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्