‘ओढेर घूङ्घट’मा क्रिशल र सेड्रीनाको रोमान्स



रंगखबर, काठमाडौँ – सामाजिक संजालमा लोकप्रिय जोडी क्रिशल कँडेल र सेड्रीना शर्माले स्क्रिन शेयर गरेको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘ओढेर घूङ्घट’ बोलको गीतमा यो जोडीको प्रेम देखाइएको छ ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा क्रिशलको स्वर र नृपेश उप्रेती शब्द सृजना छ । दीपक आचार्यले निर्देशन गरेको भिडियोको कोरियोग्राफी र ड्रेस डिजाइन भने तेञ्जु योञ्जनले गरेकी हुन् ।

भिडियोको छायाँकनमा अर्जुन तिवारी र सम्पादन/रंग संयोजनमा चन्दन दत्तको हात छ । ‘नेपाल आइडल’ सिजन २ का टप १० प्रतिस्पर्धी क्रिशल युवापुस्ता माँझ लोकप्रिय छन् । त्यस्तै सेड्रीनाले ‘नाई नभन्नु ल ५’ जस्तो सुपरहिट फिल्ममा अभिनय गरेपछि चर्चामा आएकी थिइन् । युट्युबका थुप्रै अन्तर्वार्तामा सँगै देखिएको, यो जोडी म्युजिक भिडियोमा भने पहिलो पटक देखिएको हो ।

https://youtu.be/mLW9kVz5MQo

प्रतिक्रिया दिनुहोस्