‘गली व्वाय’ले पहिलो सातामै कमायो सय करोड



रंगखबर, काठमाडौँ – गत साता प्रदर्शनमा आएको बलिउड फिल्म ‘गली व्वाय’ले ८ दिनमै सय करोड क्लबमा इन्ट्री मारेको छ । समिक्षक र दर्शकबाट वाहवाही बटुले पनि फिल्मलाई सय करोड क्लबमा इन्ट्री मार्न धेरै समय लाग्यो ।

कम्तिमा पाँच दिनमै फिल्मले यो माइलस्टोन पार गर्ने अनुमान गरिएको थियो । तर, सोचेजस्तो कलेक्सनमा वृद्दी नहुँदा आठौँ दिनमा मात्र ‘एक अर्व क्लब’मा इन्ट्री मार्न सफल भयो ।

रणवीर सिंह र आलिया भट्ट स्टारले फिल्मले विकेन्डसम्म १९.४० करोड, १३.१० करोड, १८.६५ करोड र २१.३० करोड कमाई गरेको थियो । चार दिने विकेन्डमा ७२.४५ करोड कमाई गरेको फिल्मले बाँकी चार दिनमा २७.८५ करोड कमाउन सफल भयो । 

जोया अख्तर निर्देशित फिल्मले पहिलो ८ दिनमा १००.३० करोड कमाई सकेको छ । अब यो साता रिलिज भएको प्रतिक्षित फिल्म ‘टोटल धमाल’का अगाडी कस्तो प्रदर्शन गर्छ, त्यसैले नै लाइफटाइम कलेक्सनको बाटो देखाउने छ । 

प्रतिक्रिया दिनुहोस्