९१ औँ ओस्कार: ग्रीनबुक, रमी मलेक र ओलिभिया कोलम्यान उत्कृष्ट (सूचीसहित)



रंगखबर, काठमाडौँ – एकेडेमी अवार्ड ओस्कारको ९१ औँ संस्करण सम्पन्न भएको छ । अमेरिकाको लस एन्जल्समा सम्पन्न अवार्डमा ‘ग्रीनबूक’ उत्कृष्ट फिल्म घोषित भएको छ । त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड भने फिल्म ‘रोमा ‘बाट अल्फोंसो कौरोंनले जितेका छन् ।

विना होस्ट सम्पन्न गरिएको अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड रमी मलेकले फिल्म ‘बोहिमेन र्यापसोडी’बाट जित्दा, ओलिभिया कोलम्यानले फिल्म ‘द फेवराइट’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन ।

२४ विधा समावेश ओस्कारमा मेक्सिकन फिल्म ‘रोमा’ले प्रमुख ३ विधामा अवार्ड हात पार्यो । निर्देशन, विदेशी भाषी र छायाँकनमा विधा रोमाले कब्जा गर्दा ‘बोहिमेन र्यापसोडी’ले सर्वाधिक ४ विधामा अवार्ड जित्यो । 

त्यस्तै उत्कृष्ट फिल्मको अवार्ड जितेको ‘ग्रीनबूक’ले ‘ओर्जिनल स्क्रिनप्ले’ र उत्कृष्ट सहअभिनेताको अवार्ड जित्यो ।

पूर्णसूची:-

बेस्ट एडीटिङ: बोहिमेन र्यापसोडी 

बेस्ट भिजुअल इफेक्ट्स: फर्स्ट म्यान 

बेस्ट कस्ट्युम डिजाइन: ब्ल्याक प्यान्थर 

बेस्ट मेकअप एण्ड हेयर स्टाइलिङ: भाइस 

बेस्ट प्रोडक्सन डिजाइन: ब्ल्याक प्यान्थर 

बेस्ट सिनेम्याटोग्राफी: रोमा 

बेस्ट साउण्ड मिक्सिङ: बोहिमेन र्यापसोडी

बेस्ट साउण्ड एडीटिङ: बोहिमेन र्यापसोडी

बेस्ट एनिमेटेड सर्ट फिल्म: बाव

बेस्ट ओर्जिनल स्कोर: ब्ल्याक प्यान्थर 

बेस्ट ओर्जिनल सङ: ‘शेल’ (अ स्टार इस बर्न)

बेस्ट लाइभ एक्सन सर्ट फिल्म: स्किन 

बेस्ट डकुमेन्ट्री – सर्ट सब्जेक्टस: पिरियड – इन्ड अफ सेन्टेन्स 

बेस्ट डकुमेन्ट्री फिचर: फ्री सोलो 

बेस्ट फोंरेन ल्याग्वेज फिल्म: रोमा (मेक्सिको)

बेस्ट एनिमेटेड फिचर फिल्म: स्पाइडर म्यान – इन टु द स्पाइडर भर्स 

बेस्ट एडेप्टेड स्क्रिनप्ले: ब्ल्याक क्ल्यांसम्यान 

बेस्ट ओर्जिनल स्क्रिनप्ले: ग्रीनबूक

बेस्ट सपोर्टिङ एक्टरेस: रेजिना किङ (इफ बेले स्ट्रिट कुड टक)

बेस्ट सपोर्टिङ एक्टर: मेहरशला अली (ग्रीनबूक)

बेस्ट एक्टरेस: ओलिभिया कोलम्यान (द फेवराइट)

बेस्ट एक्टर: रमी मलेक (बोहिमेन र्यापसोडी)

बेस्ट डाइरेक्टर: अल्फोंसो कौरोंन (रोमा)

बेस्ट फिल्म: ग्रीनबूक

प्रतिक्रिया दिनुहोस्