हङकङमा अनुपबिक्रम, वर्षा र मालाको तारिफ



रंगखबर, काठमाडौँ – नेपाल रिलिज अगावै फिल्म ‘पुरानो बुलेट’को हङकङमा ग्राण्ड प्रिमियर गरिएको छ । संचारकर्मी भिषण राईको डेब्यु निर्देशनलाई उताबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

पूर्वेली जनजीवनलाई केन्द्रमा राखी बनाइएको फिल्ममा प्रस्तुति र अभिनय विधाले तारिफ बटुलेका छन् । साथै, निर्देशक राईले पहिलो फिल्मबाटै यो क्षेत्रमा सम्भावना देखाएको समेत प्रतिक्रिया आएको छ । कलाकार अनुपबिक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बुले अभिनयबाट तारिफ बटुलेका छन् ।

चैत १ गते नेपाल रिलिज हुने फिल्मले घरेलु दर्शकबाट कस्तो प्रतिक्रिया पाउने हो हेर्न बाँकी छ । फिल्ममा अनुपबिक्रम गाउँले हिरोको भूमिकामा देखा परेका छन् ।

‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ आयोजित उक्त ‘शो’को प्रदर्शनी जिम्मा तथा व्यवस्थापकिय पाटो अनोज रोका, मज्जाको राई, विजय लिम्वु, सरु राई र सुनिता आंगदम्वेले सम्हालेका थिए । 

फिल्ममा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्तालगायतका कलाकारले पनि अभिनय गरेका छन् । फिल्मलाई अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बुले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्