‘को बन्छ करोडपति’को मन्चमा चम्किए सुपरस्टार



रंगखबर, काठमाडौँ – फागुन १७ गते रिलिज हुने फिल्म ‘क्याप्टेन’ अहिले अत्याधिक चर्चामा छ । रिलिजको मुखमा ‘क्याप्टेन’ टिमले प्रचारका कुनै माध्यम छोडेको छैन ।

केहि दिन अगाडी ‘मुन्द्रेको कमेडी क्लब’मा अभिनेताद्वय भुवन केसी र अनमोल केसी प्रमोसनका लागि पुगेका थिए । त्यहाँ ‘क्याप्टेन’को बारेमा कुरा गर्नुका साथै रमाइलो पनि गरे । 

यहि शिलशिलामा ‘क्याप्टेन’ टिम राजेश हमालको रियालिटी शो ‘को बन्छ करोडपति’को मन्चमा उक्लिएको छ । सोमबार बेलुका कलाकार भुवन र अनमोलसँगै नीरुता सिंह, उपासना सिंह ठकुरी, प्रियंका एमभीले ११ औँ सृंखला छायाँकन गरेका छन् ।

‘को बन्छ करोडपति’मा पहिलो पटक सेलेब्रेटी स्वरुप यी कलाकारले इन्ट्री गरेका हुन् । शोको ‘हट सीट’मा अनमोल र भुवन बसेका थिए । तर, कति पैसा जिते भन्ने खुलाइएको छैन । ‘क्याप्टेन’ विशेष सृंखलाको प्रशारण शनिबार राति ८.३० बजे हुनेछ ।

फिल्म रिलिजको पुर्वसन्ध्यामा विहिबार बेलुका ‘क्याप्टेन’ प्रिमियर हुने खबर छ । जहाँ राजेश हमालले समय मिलेमा उपस्थित हुने वाचा गरेका छन् ।

दिवाकर भट्टराई निर्देशित ‘क्याप्टेन’मा अनमोल फुटबल खेलाडीको भूमिकामा देखा परेका छन् । प्रियंका एमभी, उपासना सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सनबिक्रम राई, बुद्दि तामाङलगायतले फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्