‘लभ स्टेशन’का ७ पोस्टरमा प्रदीप र जसिताको केमेस्ट्री



रंगखबर, काठमाडौँ – प्रदीप खड्का र जसिता गुरुङको लभस्टोरी फिल्मबाट ७ पोस्टर सार्वजनिक गरिएका छन् । सबै पोस्टरमा दुई कलाकार र उनिहरु बीचको प्रेम दर्साइएको छ ।

A004_C032_01302I

क्यारेक्टर पोस्टर अनुसार प्रदीप गीटार साथ देखिएका छन् । भूमिका नखुलाइए पनि फिल्ममा प्रदीप संगीतप्रेमीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । त्यस्तै जसितालाई पिङमा मच्चिएको देख्न सकिन्छ । उनिहरुलाई कहिँ रोमान्टिक र कतै पिडा भावमा प्रस्तुत गरिएको छ ।

उज्ज्वल घिमिरे निर्देशित फिल्मको ‘जुन तारा चाहिंदैन बोलको गीत रिलिज भैसकेको छ । जुन चार्टबस्टरमा हिट भएन । फिल्ममा प्रदीप र जसितासँगै  मेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

A004_C032_01302I

‘लभ स्टेशन’लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । भने, गोविन्द शाही प्रस्तुतकर्ता ।

A004_C032_01302I
A004_C032_01302I
A004_C032_01302I

प्रतिक्रिया दिनुहोस्