साइँला र साइँलीको चालिस अगाडीको कथा (साइँली ट्रेलर)



रंगखबर,काठमाडौँ – करिब २ वर्ष अगाडी हेमन्त रानाले गाएको गीत ‘साइँली’ दर्शक माँझ यति धेरै लोकप्रिय बन्यो की, वैदेशिक रोजगारमा जाने युवापुस्ता र त्यससँग जोडिएका नेपालीले आफ्नै कथा ठाने ।

‘चालिस कटेसी रमाउँला’ जस्ता शब्दले सारा नेपालीको मन रुवायो । वैदेशिक रोजगारको लागि विदेशिने पति र उसको सम्झनामा रुने पत्नीको कथालाई गीत र भिडियो मार्फत पस्किएको थियो । जहाँ साइँला/साइँलीको भूमिकामा गौरव पहारी र मेनुका प्रधानले जोडी बाँधेका थिए । 

अब त्यहि कथालाई दर्शकले ठुलो पर्दामा हेर्न पाउने भएका छन् । चैत १५ गते रिलिज हुने ‘साइँली’मा गौरव र मेनुका नै मुख्य भूमिकामा छन् ।  विदेशमा रहेको पति र घरमा बसेकी पत्नीको पिडा गीतमा प्रस्तुत गरिएको थियो । फिल्मले भने वैदेशिक रोजगारमा जानु अगाडीको कथा प्रस्तुत गरेको छ ।

ट्रेलर:-

रामबाबु गुरुङ निर्देशित फिल्ममा हिट गीत ‘साइँली’ गीत पनि समावेश गरिएको छ । फिल्ममा गौरव र मेनुकासँगै दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्