प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर लन्च



रंगखबर, काठमाडौँ – प्रदीप खड्का र जसिता गुरुङको दोस्रो स्क्रिन शेयर फिल्म ‘लभ स्टेशन’को ट्रेलर लन्च गरिएको छ । उज्ज्वल घिमिरे निर्देशित फिल्मको ट्रेलरले लभ प्रस्तुत गरेको छ । भने, कमेडी र सस्पेन्सलाई पनि फोकस गरिएको छ ।

ट्रेलरमा प्रदीप र जसिताको केमेस्ट्री मज्जाको देखिएको छ । ट्रेलरले फिल्मको नाम ‘लभ स्टेशन’लाई अर्थ्याउन खोजेको छ ।

फिल्मको ‘जुन तारा चाहिंदैन बोलको गीत रिलिज भैसकेको छ । जुन चार्टबस्टरमा हिट भएन । फिल्ममा प्रदीप र जसितासँगै मेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

‘लभ स्टेशन’लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । भने, गोविन्द शाही प्रस्तुतकर्ता ।

प्रतिक्रिया दिनुहोस्