मल्टीस्टारर ‘कलंक’ टिजर रिलिज



रंगखबर, काठमाडौँ – संजय दत्त, माधुरी दिक्षित, आलिया भट्ट, वरुण धवन, सोनक्षी सिन्हा र आदित्य रोय कपूर स्टारर फिल्म ‘कलंक’को टिजर रिलिज गरिएको छ । दुई मिनेट पाँच सेकेण्ड लामो टिजरमा कहानीका केहि पन्ना खोलिएका छन् । तर, पनि कहानीको बारेमा लगाइएका अनुमान गलत सावित हुन् सक्छन ।

भव्य क्यानभासमा तयार फिल्मको टिजरले अधुरो प्रेम कहानी बयान गर्छ । टिजरको सुरुवातमा वरुणले पावरफुल संवाद बोल्छन ‘केहि नाता ऋण जस्तै हुन्छन । जसलाई निभाउने होइन, तिर्नु पर्छ ।’ वरुण जफर नामको भूमिकामा छन् । ‘देवदास’ पश्चात माधुरीलाई ‘कलंक’मा दोस्रो पटक ‘सेक्स वर्कर’को भूमिकामा अनुमान गर्न सकिन्छ ।

शिर्षक ‘कलंक’मै लुकेको कहानीमा आलियाले ‘जब कसैको बर्बादीमा आफ्नो जित हुन्छ, तब हामी जति बर्बाद अरु कोहि हुँदैन’ संवाद बोल्छिन । जसले मन छुन्छ । टिजरमा अधुरो प्रेमकहानी, हिन्दु-मुस्लिमको द्वन्द र त्रिकोणात्मक प्रेम झल्किएका छन् । करण जोहरको ड्रिम प्रोजेक्टलाई सहि ढंगले खिचिएको छ । चाहे त्यो ‘इनडोर’ होस् या ‘आउटडोर’ ।

यसलाई वर्ष ०१९ को सबैभन्दा प्रभावशाली कथामा सुचीकृत गरिएको छ । ६ कलाकार विचको कथालाई सम्भवत: दुई जेनेरेसनमा प्रस्तुत गरिएको छ । सन् १९४५ को बलराज चौधरी (संजय दत्त) र बहार बेगमका साथै जफर र रुपको कथा ।

अभिषेक वर्मन निर्देशित फिल्म अप्रिल १७ अर्थात् बैशाख ४ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्