दीपिका र दीवाकरको विहे बैशाखमा तय



रंगखबर, काठमाडौँ – अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दीवाकर भट्टराईको विवाह डेट फिक्स भएको छ । मिडियाले बैशाख २४ गते विवाह हुने सम्भावना औंल्याए पनि आधिकारिक बोली फुटेको थिएन । 

बुधबार सामाजिक संजालमा निर्देशक भट्टराईले विवाहको मिति पोस्ट्याएका छन् । लगतै उनलाई शुभकामनाको ओइरो लागेको छ । अब दुवै जना बैशाख २४ मा एक हुनेछन्  निर्देशक भट्टराईकै ‘ऐश्वर्य’बाट डेब्यु गरेकी दीपिकाले ब्लकबस्टर ‘छक्का पन्जा ३’मा अभिनय गरेकी थिइन् । 

दीवाकर निर्देशित ‘क्याप्टेन’ भने दोस्रो सातामा प्रदर्शनरत छ । फिल्मले बक्सअफिसमा जेनतेन राम्रै कलेक्सन गरेपनि समिक्षक र दर्शकबाट प्रसंशा पाउन चुकेको थियो । 

प्रतिक्रिया दिनुहोस्