अनमोल र सुहाना युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा



रंगखबर, काठमाडौँ – अनमोल केसी पुन: एक पटक युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा  उक्लिएका छन् । फिल्म रिलिजताका सार्वजनिक गरिएका अनमोल अभिनित सामाग्रीले ट्रेन्डिङको शिर्ष स्थान कायम गर्दै आइरहेका छन् ।

दुई दिन अगाडी रिलिज गरिएको ‘ए मेरो हजुर ३’को लभ गीत सकारात्मक प्रतिक्रियाका साथ नम्बर १ मा उक्लिएको हो । अनमोल र डेब्यु गर्ल सुहाना थापा फिचरिङ गीतले १२ लाख बढी भ्युज बटुलिसकेको छ ।

सुहानाको डेब्यु र अनमोलसँगको जोडी माथि  दर्शकले सकारात्मक कमेन्टको वर्षा गरेका छन् । एकनारायण भण्डारीको शब्द, सुगम पोखरेल/प्रविशा अधिकारीको स्वर र आशिष अविरलको संगीत रहेको गीतलाई नेपालका हिमाली क्षेत्र र अमेरिकामा छायाँकन गरिएको थियो ।

झरना थापा निर्देशित फिल्म नयाँ वर्षको अवसर पारी चैत २९ गते रिलिज हुँदैछ । सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रिअर राई, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्