प्रदीपको आँगनीमा जसिता आउँदा (भिडियो)



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’को गीत सार्वजनिक गरिएको छ । ‘मेरो आँगनीमा’ बोलको गीतमा प्रदीपले जसिता गुरुङलाई संगीतको माध्यमबाट फकाउदै छन् ।

शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा सुरेश लामाको स्वर छ । भने, उज्ज्वल घिमिरेको शब्द सिर्जना छ । चैत २२ गते रिलिज हुने फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, सिरु बिष्ट, रवि डंगोल, प्रिया रिजाललगायतका कलाकारको अभिनय छ ।

उज्ज्वल घिमिरे निर्देशित फिल्ममा गोविन्द शाही, क्रिशु शाही (काफिया) र कविरबिक्रम शाहीको निर्माण छ । म्युजिकल लभस्टोरी फिल्ममा दीपक शर्मा/शम्भुजित बाँस्कोटा/राजनराज सिवाकोटी/अलिश कार्कीको संगीत, सुवाष सिंह बस्न्यातको लेखन, कुमार श्रेष्ठको एक्सन, आलोक शुक्लाको डिओपी र लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्