रिलिज अगावै ‘दाल भात तरकारी’लाई ४५ लाख



रंगखबर, काठमाडौँ – पछिल्लो समय नेपाली फिल्मको व्यापार खस्किँदो छ । घरेलु बक्सअफिसमा अधिकाँस फिल्मले हावा खाइरहेको समयमा केहि व्यानरका फिल्मको भने देशदेखि विदेशसम्म उच्च माग छ ।

विशेषत, दीपक-दीपा क्याम्प र महसंचारबाट निर्माण हुने  फिल्मले बक्सअफिसमा रेकर्ड बनाइरहेका छन् । बैशाख २० गते रिलिज हुने ‘दाल भात तरकारी’बाट फिल्मवृतले अत्याधिक आशा राखेको छ ।

मल्टीस्टारर फिल्मका दुई गीतले बनाएको हाइप स्वरुप विदेशी भूमिमा यसको माग धेरै छ । त्यसैले नेपाली फिल्मको सबै भन्दा ठुलो अन्तरराष्ट्रिय मार्केट अस्ट्रेलियामा ‘दाल भात तरकारी’को राइट महँगो मुल्यमा बिक्रि भएको छ ।

विपिन बस्नेत र इराकु लामाले ४५ लाख नेपालीमा अस्ट्रेलिया राइट किनेको यसका प्रस्तुतकर्ता किरण केसीले जानकारी दिएका छन् । यसबाट निर्माताले फिल्मको आधा प्रतिशत जति लगानी सुरक्षित गरिसकेका छन् । 

बक्सअफिसमा हिट ट्याग पाउनलाई भने यो रकमको कुनै भूमिका खेल्ने छैन । किनकी, विश्वव्यापी नियम अनुसारले फिल्मले घरेलु हलबाटै लगानी रिकभर गर्नु पर्नेछ ।

महसंचारले निर्माण गरेको ‘शत्रुगते’ले गत वर्ष घरेलु बक्सअफिसमै ब्लकबस्टरको व्यापार गरेको थियो । 

‘दाल भात तरकारी’लाई  सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा हरिवंश आचार्य, नीरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, र्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसी लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्