दीपिकालाई उछिन्दै कंगनाले लिइन २४ करोड पारिश्रमिक



रंगखबर, काठमाडौँ – बलिउडकी सर्वाधिक महँगो अभिनेत्री को हुन् ? पक्कै पनि दीपिका पादुकोण । यो सबैलाई थाहा भएकै कुरा हो । जसले प्रति फिल्म १२ करोड भारुसम्म लिने गर्छिन् ।

अब यो नामलाई भुलिदिनुस । किनकी, दीपिकालाई पारिश्रमिकको हकमा कंगना रनाउतले उछिनेकी छन् । त्यो पनि दोब्बरमा ।

मार्च २३ मा ३२ औँ जन्मदिन मनाउदा कंगनाले आफ्नो नयाँ फिल्मको बारेमा जानकारी दिएकी थिइन् । तामिलनाडूकी अभिनेत्री तथा राजनीतिज्ञ जयललिताको बायोपिकमा उनको मुख्य भूमिका रहनेछ । जसको लागि कंगनाले २४ करोड भारु पारिश्रमिक बुझेकी छन् । यो भारतीय अभिनेत्रीको हकमै सर्वाधिक पारिश्रमिक हो ।


जयललिता

दुई भाषामा निर्माण हुने फिल्मको हिन्दी नाम ‘जया’ राखिएको छ । भने, तामिलमा ‘तलैवी’को नाममा रिलिज हुनेछ । जसलाई दक्षिण भारतका केभी विजेन्द्र प्रसादले निर्देशन गर्नेछन् । 

कंगनाले बलिउडमा ‘लेडी लिड’ फिल्मलाई प्रचलनमा ल्याएकी थिइन् । बक्सअफिसमा हिट फिल्म दिन सक्ने कंगनाको ‘तनु वेड्स मनु रिटर्न्स’ले डेढ अर्व भारतीय कमाई गरेको थियो ।

त्यस्तै पछिल्लो रिलिज ‘मनिकर्निका’ले ९७ करोडको माथिको व्यापार गर्न सफल भएको थियो । कंगना अहिले ‘मेन्टल हे क्या’ फिल्ममा व्यस्त छिन् । भने, त्यसपछि ‘पंगा’को काम सकाउने छिन् ।

प्रतिक्रिया दिनुहोस्