रंगखबर, काठमाडौँ – चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण पाण्डे को ‘जे जे पर्छ पर्छ’ बोल रहेको नयाँ गीत सार्बजनिक भएको छ । गीतकार यादव लम्सालको शब्द रचना रहेको उक्त गीतमा गायक कृष्ण पाण्डेय र देविका थपलियाको आवाज रहेको छ ।
![](https://i2.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/03/krishna-pande-768x435.jpg?fit=720%2C408)
काठमाडौं को विभिन्न रमणीय ठाउँ हरुमा छायांकन गरिएको उक्त गीत मा सुरेन र स्मृतीले अभिनय गरेका छन् । सुबोल थापा को कोरियोग्राफी रहेको यस गीतलाई अजय रेग्मीले छायांकन सुमन लामा ले निर्देशन गरेका हुन ।